काठमाडौँ । बाढी प्रभावितहरूको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा आज सप्तरी गएका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षणका लागि देउवा तर्फ लागेका प्रधानमन्त्रीका स्वकीय सचिव बिरेन्द्र थापाले हिमालय पोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT


गृह सचिव, सप्तरी जिल्लालाई प्रतिनिधित्व गर्ने साँसदहरु लगायत बिपत ब्यवस्थापनको टोली सहित प्रधानमन्त्री देउवा प्रभाबित क्षेत्रमा पुगेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री लोहजारा गाविसस्थित भेडिया मन्ठ लगायत मैनाकडेरी, रघुनाथपुर लगायतका बाढी प्रभाबित ठाउँहरुको स्थलगत अवलोकन गर्दैछन्।

केहि दिन यता अधिक बर्षाले महुली खोला भत्केपछि यस क्षेत्रका सयौं जनाको घरमा पानी पसेको छ । धेरै व्यक्ति जोखिममा रहेका छन् ।

प्रधानमन्त्री देउवाले भत्केको बाँधको अवलोकन र निरीक्षण गर्दै बाढीपीडितहरुसँग समेत भेट गरी समस्या बुझ्ने र तत्काल समाधानका लागि निर्देशन समेत दिने थापाले जानकारी दिएका छन् ।