मोरङ । विराटनगर महानगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता थप फराकिलो बनाउँदै लगेका छन् ।


ADVERTISEMENT


पछिल्लो परिणाममा कांग्रेस मेयरका उम्मेदवार भीम पराजुली एमालेका उम्मेदवार विनोद ढकालभन्दा ३२५८ मतले अगाडि छन् । कांग्रेसका मेयर उम्मेदवारले १३२९१ मत प्राप्त गर्दा एमाले मेयर उम्मेदवार १० हजार ३३ मतका साथ उनलाई पछ्याइरहेका छन् । संघीय समाजवादी फोरमका उम्मेदवार १० हजार ४ मतका साथ तेस्रो स्थानमा छन् ।


ADVERTISEMENT

# # #


उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले फराकिलो अन्तरका साथ लिड गरिरहेकी छन् । कार्कीले ११४९७ मत ल्याउँदा माओवादी उपमेयर उम्मेदवारको पक्षमा ६८१२ मत परेको छ । लोकतान्त्रिकको उपमेयर उम्मेदवार ६४३० मतका साथ तेस्रो स्थानमा छिन् ।

उता, १४ नम्बर वडाको वडाध्यक्षमा संघीय समाजवादी फोरमको प्यानलै विजयी भएको छ । १४ नम्बरको वडाध्यक्षमा बलदेव यादव विजयी भएका हुन् ।

१९ वडा रहेको विराटनगर महानगरपालिकाको अहिलेसम्म १, २, ३, ४,५, १४, १५, १६, १७, १८ र १९ वडाको गणना सकिएको छ । । र, अहिले ६ र ७ वडामा गणना भइरहेको छ । ८० हजार ४७७ मत खसेकोमा ४८ हजार मतगणना सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।