काठमाडौं । काठमाडौँमा टिपरको ठक्करबाट फेरि एक युवकको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका–७, खहरेचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।


ADVERTISEMENT


दुर्घटनामा मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ का २० वर्षीय श्याम विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका चालक २३ वर्षका निशान विकको ट्रमा सेन्टर काठमाण्डौँमा उपचार भइरहेको छ।


ADVERTISEMENT

# # #


मंगलबार राति साढे १२ बजेतिर ना ५ ख ८०८४ नम्बर टिपरले बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि भागेका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।