काठमाडौं । नयाँ परमाणु प्रणाली बनाउने तयारी भइरहेको रुसले जनाएको छ । परमाणु हतियार नियमन गर्ने सन्धिबाट अमेरिका र रुस दुवैले बाहिरिएको घोषणा गरेका छन् ।


ADVERTISEMENT


बाहिरिएको घोषणा गरेको रुसले आफूले नयाँ मिसाइल प्रणालीको विकास गर्ने तयारी थालेको बताएको हो ।


ADVERTISEMENT

# # #


अमेरिकासँगको शित युद्ध अन्त्य गर्ने क्रममा भएको सम्झौतामा प्रतिबन्ध गरिएका मिसाइल विकास गर्ने रुसले तयारी थालेको हो ।

अमेरिका तथा रुसले हालै शित युद्ध अन्त्य गर्ने बेला भएको सम्झौता आइएनएफ अर्थात इन्टरमिडिएट–रेन्ज न्युक्लियर फोर्स ट्रिटीबाट बाहिरिएको घोषणा गरेका हुन् । यसअघि अमेरिका सन्धिबाट बाहिरिएमा आफूहरुले मिसाइल निमार्ण गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका थिए ।

तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए ।
सन् १९८७ मा तत्कालीन सोभियत युनियन र अमेरिकाबिच भएको सन्धिपछि दुवै देशमाथि छोटो तथा मध्यम दूरीका मिसाइल प्रयोग र उत्पादनमा प्रतिबन्ध लागेको थियो ।

अमेरिका र रुसबिच सन् १९८७ मा मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि भएको थियो ।

यो सन्धिले स्थलमा हुने मध्यम स्तरका परमाणु हतियारको प्रक्षेपणमा रोक लगाएको थियो । अर्थात यो सन्धि अनुसार ५०० सय देखि ५५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्न प्रतिबन्ध थियो ।

तर अब दुवै देशले सन्धिबाट बाहिरिएको घोषण गरी रुसले मिसाइल प्रणालीको विकास गर्न थालेको बताएपछि समस्या हुने देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सन्धिबाट बाहिरिएको घोषणा गरेका हुन् । रुसले सन्धि उल्लंघन गर्दै आएकोले रहनुको औचित्य नरहेको ट्रम्पको भनाई छ ।

त्यसपछि रुसले पनि सन्धिबाट बाहिरिएको बतायो । अमेरिका र रुसले सन्धि छोडेपछि अब परमाणु हतियारको जोखिम बढेको छ र चिन्ता थपिएको छ ।

रुसका रक्षा मन्त्री सर्गेई शोइगुले आउँदो दुई वर्षभित्र जमिनमा आधारिक मिसाइल बनाउने तयारीमा आफ्नो देश रहेको मंगलबार बताएका हुन् ।