बाँके – प्रहरीले जानकी गाउँपालिका–२ बाट सिके राउतका ९ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाउँदा पक्राउ परेर पछि मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव ठाकुर, महोत्तरीका सन्तोष मण्डल, संजय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका सत्य नारायण शाह, सिराहाका सुदिप कुशवाहा, बाराका बिनोद यादव, रौतहटका बिरेन्द्र शाह र पर्साका सञ्जय कुमार शाह रहेका छन् ।

पक्राउ परेका सिके राउतका कार्यकर्तामाथि राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेश बहादुर सिंहले जानकारी दिए ।