झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस उम्मेदवार रमेश भुजेल ७ हजार ९ सय ९६ मत ल्याउँदै विजयी भएका छन् । । कांग्रेस उम्मेदवारले एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकलाई हराएका हुन् ।


ADVERTISEMENT


पाठकले ७ हजार ३ सय ५३ मत ल्याए ।


ADVERTISEMENT

# # #


पार्टी अध्यक्ष उठेको गाउँपालिकामा प्रतिष्ठाका रुपमा हेरेको गाउँपालिकामा एमाले ६ सय ४३ मत अन्तरले पछि पर्यो ।

२ हजार ६६ मतसहित माओवादी केन्द्र तेस्रो बनेको छ । ।

उपमेयरमा एमालेकी उम्मेदवार मिरा भुर्तेल विजयी भएकी छिन् । उनले ७ हजार ४ सय ५७ मत प्राप्त गरिन् ।

 

अध्यक्षको गाउँपालिकामा हारे पनि अध्यक्षको वडामा एमालेका दिलिप श्रेष्ठ वडाध्यक्षमा सहित प्यानलै विजयी भएका छन् ।