काठमाडौँ– वानडे सिरीजमा ४–१ को सानदार जित निकालेको भारतले न्यूजिल्याण्डविरूद्ध टी–ट्वान्टी सिरिजमा लज्जास्पद हारबाट सिरिजको सुरूवात गरेको छ ।


ADVERTISEMENT


रोहित शर्माको कप्तानीमा रहेको भारतले बुधबार विलिङ्टनमा भएको तीन खेलको टी ट्वान्टी सिरिजको पहिलो खेलमा ८० रनको फराकिलो हार व्योहर्‍यो।


ADVERTISEMENT

# # #


घरेलु टोलीले दिएको २२० रनको बिशाल लक्ष्य पछ्याएको भारतले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो।

भारतका लागि महेन्द्र सिंह धोनीले सर्वाधिक ३९, शिखर धवनले २९ तथा विजय शंकरले २७ रन बनाएका थिए। यस्तै हार्दिक पाण्ड्याले २० रन बनाउनु बाहेक अन्य कुनै पनि भारतीय खेलाडीले ४ रन भन्दा बढी रन बनाउन सकेनन्।

भारतले सस्तैमा रोक्न टिम साउथीले ३ तथा लोक्की फेरगशन, इश सोढ़ी र मिशेल सान्टनेरले २/२ विकेट लिए।

यो सँगै तीन खेलको सिरिजमा घरेलु टिमले १० को अग्रता लिएको छ। यो हार भारतले अहिलेसम्म टी ट्वान्टी क्रिकेटमा सबैभन्दा ठूलो (८०) रनको पराजय हो।

घरेलु टोलीले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रन बनाएको थियो। यो नै न्यूजिल्याण्डले बनाएको टी ट्वान्टी प्रतियोगितामा सबैभन्दा ठूलो स्कोर पनि हो।

उसका लागि टिम सेइफर्टले बिस्फोटक ब्याटिङ गर्दै ४३ बलमा सात चौका र ६ छक्कासहित ८४ रन बनाउका थिए। यस्तै ओपनर कोलिन मुनरोले २० बलमा ३४ रन जोड्दै उत्कृष्ट सुरूवाती दिलाएका थिए।

कप्तान केन विलियम्सनले पनि २२ बलमा ३४ रन जोडेका थिए। अन्त्य तिर स्कट कुगेलेजिनले ७ बलमा तीन चौका र १ छक्कासहित नटआउट २० रन जोड्दै कीर्तिमानी रन बनाउन सहयोग गरे।

भारतका लागि हार्दिक पाण्ड्याले दुई विकेट लिँदा भुवनेश्वर कुमार, खलील अहमद, क्रूणाल पाण्ड्या र युजवेन्द्र चहलले एक/एक विकेट लिए।