काठमाडौं – आगामी माघ २६ देखि सुरु हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) तयारी अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT


बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष तथा आयोजना प्रमुख सुवास शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएका हुन् । ‘यस संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । मैदान तथा प्राविधिक व्यवस्थापनका काम लगभग सकिएका छन्,’ उनले भने ।


ADVERTISEMENT

# # #


उनले डीपीएलका सबै खेल धनगढीकै फाप्ला मैदानमा हुने र त्यसका लागि पाँच वटा पिचको निर्माण कार्य सम्पन्न भइसकेको जनाए ।

डीपीएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । सबै टोलीमा १२र१२ जना अक्सनबाट छानिएका छन् भने एक रणनीतिक र दुई जना विदेशी खेलाडी छन् ।

विजेताले ३० लाख

प्रतियोगिता सर्वाधिक धनराशीको हुनेछ । प्रतियोगिताको पुरस्कार राशी २० प्रतिशत बढाइएको आयोजकले जनाएको छ । विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउनेछन् । अघिल्लो संस्करणमा विजेतालाई २५ लाख दिइएको थियो ।

यस्तै मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार ‘सुनको जुत्ता’ दिइने छ । प्रत्येक खेलमा म्यान अफ द म्याचलाई १५ हजार लिइनेछ । म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगिताको अनुमानित खर्च पाँच करोड रुपैयाँ

रुस्लान डीपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । डीपीएलका लागि विजय डिस्टिलरी ९रुस्लान०ले मुख्य प्रयोजनवापत १ करोड रुपैयाँ प्रदान गर्नेछ ।

प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामामा सहभागी एक पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान एक जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १र१ लाख रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले–अफमा ७० र फाइनलमा १०० रुपैयाँ तोकिएको छ ।

दर्शकको सुविधाका लागि क्याम्पस रोडदेखि फाप्ला क्रिकेट मैदानसम्म निःशुल्क बस सेवाको व्यवस्था गरिएको छ ।