काठमाडौँ– भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सर्वोच्च अदालतमा परेको मुद्दाको बहस आज हुने भएको छ । पुनः मतदान वा मतगणना भन्ने विवादमा शुक्रबा सर्वोच्चमा बहस हुनेछ।


ADVERTISEMENT


बहसका क्रममा वडा नं. १९ मा च्यातिएका ९० थान मतपत्र सर्वोच्चको इजलासमा आज खुल्ने भएक छन्। गत असार १३ गते च्यातिएका मतपत्र भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वोच्चमा पेस गरेको थियो।


ADVERTISEMENT

# # #


अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरकालीन आदेशले आजको बहसमा पनि निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ भने अन्तरकालीन आदेश बदर भएमा वडानम्बर १९ मा पुनः मतदान गनुपर्ने फैसला हुनेछ । सो मुद्दाको आज १ नम्बरमा पेसी राखिएको छ । न्यायाधीश मिरा र खड्का अनिलकुमार सिन्हाले बहस गर्दैछन् ।

सर्वोच्चको असार ६ गतेको आदेश अनुसार च्यातिएका मतपत्र लगायतका प्रमाण सुरक्षाकर्मीको रोहबरमा चितवनबाट काठमाडौँ ल्याइएको थियो। महान्यायाधिवक्ता कार्यालयको समन्वयमा प्रमाण अदालतमा पेस भएका हुन्।

घटनापछिको प्रहरी सञ्चारको प्रतिलिपी, मतगणना स्थगित गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय र पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल पनि अदालतमा आज पेस हुनेछ।

जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको छ। भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो। र २० नम्बर वडाको मत गणना पनि बाँकी छ।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। निर्वाचन आयोगको पुनः मतदानको निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए।