काठमाडौँ– नेपाली युवा स्टार स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिगबास लिग (बीबीएल)अन्तर्गत सिड्नी सिक्सरविरुद्ध शानदार प्रदर्शन गरेका छन् । मेलबर्न स्टारर्सका लागि प्रतियोगिताको सेमिफाइनल पुग्नका लागि गर या मरको स्थितिमा रहेको खेलमा सन्दीपले जित दिलाउन महत्वपूर्ण योगदान दिएका छन् ।


ADVERTISEMENT


आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा भएको खेलमा सन्दीपले तीन विकेट लिए । टस हारेर ब्याटिङ थालेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । उसका लागि कप्तान ग्लेन म्याक्सवेलले विष्फोटक ब्याटिङ गरे । उनले ४३ बलमा नै ८२ रन बनाए । जसक्रममा ४ चौका र ६ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै पिटर ह्याण्डस्कमले ३५, मार्कर स्टोनिसले ३४ र निकोलास मिड्सनले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । सिक्सर्सले निर्धारित २० ओभरको खेलमा १३.४ ओभरमा अलआउट हुँदै ७४ रनमा समेटियो।

१६९ रनको विजयी लक्ष्य पच्याउँदै मैदान उत्रिएको सिड्नीका ब्याट्सम्यान चल्न सकेनन् । स्टार्सको फराकिलो जित निकाल्ने क्रममा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले ११ रन खर्चिएर ३ विकेट लिए। सन्दीपको यो टी २० इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।तीन विकेट मात्र होइन सन्दीपले एउटा रन आउटमा सहयोग पुर्याए भने एउटा क्याच पनि लिएका थिए । यस्तै आदम जाम्पा र डानिएल ओरलले २–२ विकेट लिए।

उसका लागि डानियल ह्यूजेजले सर्वाधिक १२ रन बनाए। स्टेभ ओ काफीले ११ तथा टोम कुरानले १० रन बनाउनु बाहेक अरू कुनैले दोहोरो रनको स्कोर छुन सकेनन्।

खेलको म्यान अफ दि म्याच ग्लेन म्याक्सवेल बने ।

आजको तीन विकेटसहित सन्दीपले बिग ब्यासमा ११ विकेट लिइसकेका छन्। सुरूवाती चार खेलबाट ८ विकेट लिएका उनी पाँचौ खेलमा विकेट बिहिन भएका थिए। लिगको अन्तिम खेलमा तीन विकेट लिने क्रममा उनले ११ रन खर्चिए।

आफ्नो पहिलो ओभरमा १ रन खर्चिएर १ विकेट लिएका सन्दीपले दोस्रो ओभरमा ६ रन खर्चिँदै कुनै विकेट लिएनन्। तर तेस्रो ओभरमा पुनः १ रन खर्चिँदै १ विकेट लिए। अन्तिम ओभरको चौथो बलमा पोपेको विकेट लिदै सिक्सर्सलाई ७४ रनमा समेटे।