ललितपुर – ललितपुरको भैंसेपाटी स्थित यति कार्पेटको डिलरमा आगलागी भएको छ ।


ADVERTISEMENT


ललितपुर महानगरपालिका–२५ मा रहेको ‘बिएन आरओ ट्रेडर्स’ को गोदाममा सोमबार मध्यान्ह लागेको आगो नियन्त्रणमा आएको बताइएको छ ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी अपिलराज बोहराका अनुसार केही समयअघि आगो नियन्त्रणमा आएको हो ।

यति कार्पेटको डिलर समेत रहेको ‘बिएन आरओ ट्रेडर्स’ मा भएको आगलागीको कारण खुल्न सकेको छैन् । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी दमकल सहित घटनास्थल पुगेका थिए ।

गोदाममा रहेको कार्पेट, फोम तथा युपिभिसीहरु जलेर नष्ट भएका छन् । करिब ४ करोड रुपैयाँ बराबरको क्षति भए बताइएको छ ।