काठमाडौँ– धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ ।


ADVERTISEMENT


फप्ला मैदानमा १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ मात्रै बनाउन सक्यो । उसका लागि सुभ्रमनियन आनन्दले सर्वाधिक २५ रन बनाए । उनले ३४ बलमा २ चौका र एक छक्का प्रहार गरे । यस्तै रोहित पौडेलले २१ बलकम २ चौका र एक छक्काको मदतमा २४ रन तथा मोहम्मद नाभिदले ९ बलमा १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


महेन्द्रनगरलाई अन्तिम ओभरमा १२ रन चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमा आक्रामक ब्याटिङ गरिरहेका मोहमद नविदलाई कृष्ण कार्कीले बोल्ड गर्दै रुपन्देहीलाई बलियो जिततर्फ उन्मुख गराएका थिए । त्यसपछिका पाँच बलमा महेन्द्रनगरले ९ रन मात्रै बनायो , जबकी जितका लागि १२ रन चाहिएको थियो ।

रुपन्देहीका लागि पुनित मेहेराले कसिलो बलिङ गर्दै ४ ओभरमा १३ रन खर्चेर २ विकेट हात पारे । विक्रम सोबले ३ विकेट लिँदा वसन्त रेग्मी र ललितसिंह भण्डारीले पनि १/१ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ थालेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १११ रन मात्रै बनायो । रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २७ रन बनाए । उनले एक चौका र २ छक्का हो । यस्तै विनोद भण्डारीले १९ रन बनाउँदा बिक्रम सोब १६ रनमा नटआउट रहे । विक्रमले १० बलमा एक चौका र एक छक्का ठोके । यस्तै सन्दीप सुनारले १५ र बाबर हायातले १४ रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले ३ विकेट चट्काए । चार ओभरमा उनले मात्र १९ रन खर्चिए । यस्तै अभिनास बोहराले ३ विकेट लिए उनले ३ ओभरमा मात्र ११ रन दिए । शरद भेषवाकरले १ विकेट लिँदा सागर ढकालले २ विकेट आफ्नो नाममा राखे । यता युएईका तीव्र गतीका बलर मोहम्मद नाभिदले भने कुनै पनि विकेट लिन सकेनन् ।