काठमाडौं – एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा भ्यालेन्टाइन डेको अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ ।
चन्द्रागिरी हिल्सले फागुन २ गते (फेब्रुअरी १४), बिहिबार दिउँसो १२ बजे देखि ३ बजेसम्म चन्द्रागिरि हिल्सको टप स्टेसनमा अवस्थित बार एट २५२० मा सञ्चालन हुने छ ।
कार्यक्रममा सहभागीले प्रतिजोडी रु. ३,९९९ तथा प्रतिव्यक्ति रु. २,४९९ को प्याकेज लिन सक्नेछन् । उक्त प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, विशेष प्रकारका खाना र लक्की ड्रमार्फत् गिफ्ट जित्न सक्नेछन् ।