काठमाडौं । लामो दूरीका सवारी साधनमा अनिवार्य दुई चालक राख्नुपर्ने प्रावधान व्यवसायीले नटेरेपछि ट्राफिक प्रहरीले प्रविधिमार्फत त्यसको कार्यान्वयन गर्न थालेको छ ।


ADVERTISEMENT


त्यसका लागि पश्चिम नवलपरासीको भुमहीबाट आइतबारदेखि ‘ट्राफिक कम्युनिकेसन एप’ सञ्चालनमा ल्याइएको छ ।


ADVERTISEMENT

# # #


एपमार्फत ट्राफिक प्रहरीले अब लामो दूरीमा सवारी सञ्चालन गर्ने व्यवसायीले एक चालकको भरमा सवारी चलाएको कार्यालयबाटै पत्ता लगाउनेछ।

लामो दूरीमा एक चालकले सवारी चलाउँदा थकान बढी हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले एपमार्फत निगरानी थालिएको प्रहरीको दाबी छ।

यसले सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन हुने विश्वास प्रहरीको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा लामो दूरीका सवारी साधनमा २ चालक अनिवार्य हुनुपर्ने प्रावधान भए पनि प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा दुर्घटना बढेपछि नेपाल प्रहरीले प्रविधिमार्फत नियम पालना गराउन सुरु गरेको प्रदेश ५ प्रहरी कार्यालय दाङका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले बताए।