काठमाडौं । प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेका आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई आठ वर्ष कैद सजाय सुनाएको छ।


ADVERTISEMENT


किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ।


ADVERTISEMENT

# # #


युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन्।

अदालतले पनि उनीहरू कानुनबारे जानकार नभएको अनुमान गरेको छ। वागमती-४ स्याउलेका दीपेन्द्र लामालाई अदालतले जेल ताेकेकाे हाे।

कानुनी अज्ञानतावश त्यस्ताे भएकाे हुन सक्ने निष्कर्षमा अदालत पुगेकाे छ।

जिल्ला न्यायाधीश डा रमेशप्रसाद रिजालकाे इजलासले १४ वर्ष मुनिका किशाेरीसँग सहमतिमै याैनसम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेकाे छ।