काठमाडौँ– अभिनास यादवको अलराउण्ड प्रदर्शनप्रेरित विराटनगर किङ्सले धनगढी प्रिमियर लिग क्रिकेटमा घरेलु टोली धनगढी स्टारर्समाथि २१ रनको जित निकालेको छ । विराटनगरले पहिलो जित दर्ता गर्दा धनगढी लगातार तेस्रो खेलमा पराजित भएको छ ।


ADVERTISEMENT


फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १०३ रन बनायो । १०४ रनको विजयी लक्ष्य पच्छ्याउँदै मैदान छिरेको धनगढी १९ ओभरमा अल आउट हुन पुग्यो। अल आउट हुनुअघि धनगढीले ८२ रन बनायो।


ADVERTISEMENT

# # #


धनगढीका लागि सन्दीप रजालीले ३४ तथा राजु रिजालले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । धनगढीलाई सस्तैमा समेट्न करण र अभिनासले समान ४–४ विकेट लिँदा सुसन भारीको नाममा दुइ विकेट रह्यो ।

यसअघि विराटनगरका अविनाश यादवले २७, कप्तान करण केसीले २१, आसिफ शेखले १२ र सम्साद शेखले ११ रन बनाए। हरिशंकर साह २, कुशल भूर्तेल ५, असादउल्लाह खान ३, राजेश पुलामी १ र पृथु बाँस्कोटा ६ रनमा आउट भएका थिए।

धनगढीका कप्तान सोमपाल कामीले ३ ओभरमा ८ रन खर्चेर र विपिन खत्रीले ४ ओभरमा १९ रन खर्चेर ३र३ विकेट लिए। रबिन क्षत्रीले २ तथा सुनील धमलाले १ विकेट लिए।