काठमाडौँ– धनगढीमा जाररी तेस्रो संस्करणको ध्नगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तानी इनिङ खेलेपछि सीवाइसी अत्तरियाले लगातार दोस्रो जित हात पारेको छ । अत्तरियाले यसअघिको दुई खेल जितेर समूहको अग्रस्थानमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२१ रन बनायो । १२२ रनको लक्ष्यपच्छ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको रुपन्देहीले निर्धारित २० ओभरमा  सबै विकेट गुमाउँदै ८२ रनमै समेटियो ।


ADVERTISEMENT

# # #


उसका लागि आठौँ नम्बरमा आएका सुमित महर्जनले सर्वाधिक अविजित २१ रन बनाए । उनले २१ बलमा १ छक्का र १ चौका हाने । यस्तै सन्दीप सुनारले १५ रन बनाउँदा विक्रम सोब र प्रदीप ऐरीले समान १४ रन जोडे । विनोद भण्डारीले १७ बलमा १० रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता अत्तरियाका लागि दीपेन्द्र सिंह ऐरी, सन्नी पटेल, भुवन कार्की र दीपेन्द्र रावतले समान २/२ विकेट लिए । कमल सिंह ऐरीका नाममा १ विकेट रह्यो ।

यसअघि दीपेन्द्र सिंह ऐरीले कप्तानी इनिङ खेलेपछि अत्तरियाले १२१ रनको सम्मानजनक स्कोर बनायो । दीपेन्द्रले रित गौतमसंग मिलेर गरेको ५७ रनको महत्वपूर्ण साझेदारी नै जितको प्रमुख कारण बन्यो ।

दीपेन्द्रले प्रतियोगिताकै तेस्रो अर्धशतक प्रहार गर्ने क्रममा ५० बलमा ६७ रन बनाए । बाबर हायातबाट रन आउट हुनु अघि उनले १० वटा चौका र एक छक्का प्रहार गरे । यस्तै रित गौतमले २० बलमा १२ रन बनाउँदा सुभेन्दु पाण्डे र सन्नी पटेलले पनि समान १२/१२ रन नै जोडे ।

यता रुपन्देहीका लागि ललितसिंह भण्डारीले ३ विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । यस्तै विक्रम सोबले दुई विकेट लिँदा वसन्त रेग्मी र पुनित मेहराले समान १/१ विकेट लिए ।