काठमाडौँ– आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हरिपुर नगरपालिका, सर्लाहीबीच निर्जीवन बीमा सम्झौता भएको छ । हरिपुर नगरपालिकाको आफ्नो सम्पूर्ण बीमाहरु लगायत नगरवासीहरुको भौतिक सम्पत्ती लगायत सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा, व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको हो ।


ADVERTISEMENT


उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालीकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरे । उक्त संझौता पश्चात हरपुर नगरापालिकाको सम्पूर्ण बीमा लगायत नगरवासीले कृषिसम्बन्धी सम्पूर्ण बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् । यस्त नगरवासीहरुको दुर्घटना बीमा गर्नसक्ने गरी उक्त सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


सोही अवसरमा नगर प्रमुख जमिरुद्धिन मन्सुरले आफूले आफना नगरावासीको भैतिक सम्पत्ती, व्यक्तिगत दुर्घटना लगायत कृषिसम्बन्धी सम्पत्तिको क्षेती भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससंग संझौता गरेको बताए । उनले बीमा भएपश्चात कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउने विश्वास व्यक्त गरे ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले नगरपालीकाले आफफ्ना नगरबासील र कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसंग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले नगरवासीहरुको सम्पत्तीको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भुमिका निर्वाह गरी सराहनीय कार्य गर्नूरेकोको भन्दै नगर प्रमुख लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिए । नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।