दाङ । यात्रुबहाक बससँग जन्ती बस ठोक्किदा दाङको श्रीगाउँमा ४२ जना घाइते भएका छन्।


ADVERTISEMENT


दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा तुलसीपुरबाट बगाले तर्फ जाँदै गरेको रा १ ख १७७० नम्वरको बस र पश्चिमको खैरेनीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ८ ख १०१७ नम्वरको जन्ती बस एक आपसमा ठोकिदा दुर्घटना भएको हो।


ADVERTISEMENT

# # #


शुक्रवार दिउँसो करिब ४ बजे भएको दुर्घटनामा परी ४२ जना यात्रु र जन्ती घाइते भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षकका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा घाइतेलाई ल्याइएको छ।

इप्रकाको सञ्चार शाखाका अनुसार हालसम्म २५ जना घाइतेको नाम आएको र त्यसमध्ये ९ जना गम्भीर घाइते छन्।

अहिले घाइतेको उद्धार र अस्पताल ल्याउने काम चलिरहेको हुँदा थप विवरण केही बेरमा उपलब्ध गराउने प्रहरीले बताएको छ ।