काठमाडौँ – सफल तथा ऐतिहासिक चलचित्र ‘झोला’का निर्देशक यादव भट्टराईद्वारा निर्देशित पछिल्लो चलचित्र ‘भोर’ नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलमा प्रदर्शन हुने भएको छ ।


ADVERTISEMENT


दाइजो प्रथामा आधारित चलचित्र ‘भोर’ फाल्गुन ११ गते शनिवार बेलुका ४ः३० बजे राष्ट्रिय सभागृहमा प्रदर्शन हुने निदेर्शक भट्टराईले हिमालयपोष्टलाई बताए ।


ADVERTISEMENT

# # #


विशेष गरी नेपालको तराई क्षेत्रमा विद्यमान दाईजो प्रथा विरुद्धको संघर्षलाई चलचित्र ‘भोर’मा उतारिएको छ । फिल्म फेष्टिवलमा आफ्नो चलचित्र छानिएकोमा निर्देशक भट्टराईले खुशी व्यक्त गरे । फेष्टिवल फागुन ९ गतेदेखि १३ गतेसम्म भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभागृहमा हुँदैछ ।