काठमाडौँ– धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल)मा महेन्द्रनगर युनाइटेडले पहिलो जित निकालेको छ । महेन्द्रनगरले सीवाइसी अत्तरियालाई विकेटले  ७ पराजित गर्दै प्लेअफको सम्भावना कायमै राखेको हो ।


ADVERTISEMENT


वर्षाले मैदान भिजेपछि ६ ओभरमा घटाइएको खेलमा अत्तरियाले ५ विकेट गुमाउँदै ५४ रन बनायो । ५५ रनको लक्ष्य पच्छ्याउँदै ब्याटिङ थालेको महेन्द्रनगरले २ बल बाँकी छँदै ५.४ ओभरमा ३ विकेट गुमाउँदै ५८ रन बनाएको हो । महेन्द्रनगरको जितका लागि आरिफ शेखले विजयी इनिङ खेले । नटआउट रहेका उनले ७ बलमा १८ रन बनाए । जसक्रममा उनले १ छक्का र २ चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै यस्तै सुब्रिामनियन आनन्दले १७ रन बनाए । उनले ९ बलमा २ चौका र एक छक्का प्रहार गरे । मोहम्मद नाभिद ६ र कप्तान शरद भेषवाकर ५ रनमा आउट हुँदा कुशल मल्ल ६ रनमा अविजित रहे ।  यता धनगढीका लागि भुवन कार्कीले २ विकेट लिए भने दिपेन्द्र रावतका नाममा एक विकेट रह्यो ।

यसअघि फाप्ला अन्तर्राष्ट्रिय मैदानमा टस जितेर ब्याटिङ थालेको अत्तरियाले ६ ओभरमा ५४ रन बनाएको थियो । उसका लागि सन्नी पटेलले सर्वाधिक १९ रन बनाए । ११ बलमा उनले २ छक्का प्रहार गरे । यस्तै जयकिशन कोल्सावाला र कप्तन दीपेन्द्र सिंह ऐरीले समान १०/१० रन जोडे । सन्दीप जोरालेले चार रन हान्दा भुवन कार्की र रित गौतम समान ४/४ रनमै अविसिजत रहे । कमल सिंह ऐरी शून्य रनमा आउट भए ।

महेन्द्रनगरका लागि अभिनास बोहरा र सागर ढकालले समान २/२ विकेट लिए । कप्तान शरद भेषवाकरका नाममा एक विकेट रह्यो ।यस्तै यस्तै सुब्रिामनियन आनन्दले १७ रन बनाए । उनले ९ बलमा २ चौका र एक छक्का प्रहार गरे । मोहम्मद नाभिद ६ र कप्तान शरद भेषवाकर ५ रनमा आउट हुँदा कुशल मल्ल ६ रनमा अविजित रहे ।

यसअघिका चार खेलमध्ये दुईमा हार र दुई खेल रद्द भएपछि महेन्द्रनगरलाई प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब थियो । यता अत्तरियाले पहिलो दुई खेल जितेको थियो भने एक खेल वर्षका कारण रद्द भएपछि अंक बाँडेको थियो ।