काठमाडौँ– नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको प्रतिष्ठित बिगबास लिग (बीबीएल)को ट्रफी उचाल्नबाट चुकेका छन् । सन्दीप आवद्ध टिम मेलबर्न स्टार्स आइतबार भएको फाइनल खेलमा मेलबर्न रेनेगेट्ससंग १३ रनले पराजित भएको छ ।


ADVERTISEMENT


मेलबर्नको डकल्याण्ड स्टेडियममा मेलबर्न स्टार्सले टस जितेर फिल्डिङ राजेपछि ब्याटिङ थालेको मेलबर्न रेनेगेट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४५ रन बनायो । १४६ रनको विजयी लग्य पच्छ्याउँदै मैदान उत्रिएको स्टर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रन मात्रै बनाउन सक्यो । मेलबर्न स्टार्सका लागि बेन डुङकले ५७ र स्टोइनीसले ३९ रन बनाएपनि हार टार्न सकेनन् ।


ADVERTISEMENT

# # #


उनीहरुले पहिलो विकेटका लागि १३ ओभरमा ९३ रनको साझेदारी गरेपछि खेल मेलर्बन स्टार्सको पक्षमा आएको थियो । त्यतिबेला स्टार्सलाई ४२ बलमा ५३ रन चाहिएको थियो । तर उसले निरन्तर विकेट गुमायो । स्टार्सले पछिल्ला सात ओभरमा कुनै पनि बाउन्ड्री लगाउन सकेन । अन्तिम ओभरमा ज्याम्पा ज्याम्पाले एक चौका र एक छक्का प्रहार गरे पनि जित धेरै टाढा पुगिसकेको थियो । उनले १० बलमा १७ रज बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता रेनेगेट्सका लागि ड्यान क्रिश्टियन, क्यामरुन ब्वाएस र क्रिस्टोफर टर्म्यानले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको मेलबर्न रेनेगेट्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । मेलबर्न रेनेगेट्सका लागि टम कुपरले ४३ रन र डेनियल क्रिसीयनले ३८ रन बनाएका थिए ।
विग बासको सेमीफाइनल र फाइनलमा भने नेपाली स्टार बलर सन्दीपले विकेट लिन सकेनन् ।

फाइनलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चेर कसीलो बलिङ गरेपनि विकेट लिन सफल भएनन् । त्यसअघि सन्दीपले ७ खेलमा ६।९७ को औषतमा ११ विकेट लिएका थिए । उनले उत्कृष्ट बलिङ भने ११ रन खर्चेर ३ विकेट लिनु थियो । सुरुवाती ४ खेलमा सन्दीपको प्रर्दशन उत्कृष्ठ रहेपनि पछिल्ला ४ खेलको प्रर्दशन भने औषत थियो ।