कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकामा एमाले विजयी भएको छ । कांग्रेसलाई १ सय ६६ मतले हराउँदै एमालेका सुरेन्द्र विष्ट मेयर निर्वाचित भएका छन् ।


ADVERTISEMENT


विष्टले ११ हजार ८ सय ३१ मत ल्याउँदा कांग्रेसका पदम बोगटीले ११ हजार ६ सय ६५ मत पाए ।


ADVERTISEMENT

# # #


उपमेयरमा भने कांग्रेसकी सुशीला चन्द सिंह निर्वाचित भइन् । उनले १२ हजार ७ सय ७५ मत पाउँदा एमालेकी माया पन्तले ११ हजार ८ सय ३६ मत ल्याइन् ।

भीमदत्त नगरपालिका कांग्रेसको पकड क्षेत्र मानिन्थ्यो । टनकपुर सम्झौताविरुद्धको आन्दोलनको नेतृत्व गरेका नवनिर्वाचित मेयर विष्ट एमाले जिल्ला कमिटीका सचिव हुन् ।

कञ्चनपुरमा ९ स्थानीय तहमध्ये एमालेले चार तह जितेको छ भने माओवादी र कांग्रेसले एक–एक तह जितेका छन् ।

पुनर्वासमा एमालेले अग्रता कायम राखेको छ