काठमाडौं – स्मार्ट टेलिकम्युनिकेसनले आफ्नो नेटवर्क ४५ जिल्लामा विस्तार गरेको छ । कम्पनीले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, नेपालगञ्ज, विरगञ्ज, विराटनगरलगायत नेपालका आधिकांश प्रमुख सहरमा स्मार्टको सेवा उपलब्ध हुँदै आएकोमा थप जिल्लामा पनि सेवा विस्ता गरेको हो ।


ADVERTISEMENT


यो विस्तारसँगै कम्पनीको फोरजी सेवा १९ जिल्लामा, टूजी सेवा २६ जिल्लामा पुगेको छ । स्मार्टको फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, कास्की, नवलपरासी, बाँके, दाङ, कैलाली, बर्दिया, कन्चनपुर, पर्सा, धनुषा, चितवन, सप्तरी, सिराहा, मोरङ, झापा तथा सुनसरीमा पुगिसेकेको छ ।


ADVERTISEMENT

# # #


स्मार्टका १० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुने सेवा ग्राहकमाझ अत्यन्त रुचाइएको कम्पनीको दाबी छ । स्मार्टको इन्टरनेट अन्य दूरसञ्चारको तुलनामा अत्यधिक गतिको रहेको बताइएको छ । कम्पनीले नेपालका ग्रामीण भेगमा आफ्नो सञ्जाललाई क्रमशः विस्तर गर्दै गइरहेको जनाएको छ ।