म्याङलुङ । तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा आज दिउँसो घरमा आगलागी हँुदा एक बालकको जलेर मृत्यु भएको छ ।


ADVERTISEMENT


स्थानीयवासी रुद्र खातीको घरमा आगलागी हुँदा खातीको ६ वर्षीय छोरा मौसम खातीको जलेर मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


आगलागीबाट खातीको दुईवटा घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायणप्रसाद गौतमले बताए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारबाट प्रहरी टोली खटिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस