काठमाडौं । घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथिको कारबाही अन्योलमा परेको छ । सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार अलमलमै छ ।


ADVERTISEMENT


आयोगका पदाधिकारीबीच आइतबार पाठकमाथि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको छ । कुनै पनि विषयमा विस्तृत छानबिन गर्न आयेगको बोर्ड बैठकले निर्णय गर्नुपर्ने हुन्छ । ‘हामीमाथि धेरै दबाव रहेको बुझेका छौँ,’ आयोगका एक उच्च अधिकारीले भने, ‘यो हप्ताभित्र केही निर्णय हुन्छ ।’


ADVERTISEMENT

# # #


नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए ।