काठमाडौं । सत्ता घटक र राजपाबीच एक साताभित्र संविधान संशोधन विधेयक पारित गराउने समझदारी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको कांग्रेस–माओवादी केन्द्र र राजपा नेताको बैठकले असार मसान्तभित्र संविधान संशोधन विधेयक पारित गराएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


वार्ता सकिएलगत्तै प्रधानमन्त्री देउवाले संविधान संशोधन र निर्वाचनबारे राजपासँगको छलफल सकारात्मक रहेको ट्वीट गरेका छन् । राजपा नेता मनिष सुमनले अब गतिरोध लामो नजानेमा आफूहरू आशावादी भएको जानकारी दिए । बैठकमा सत्ता घटकबाट कांग्रेसका रामचन्द्र पौडेल, शशांक कोइराला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठलगायत सहभागी थिए । माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन, मातृका यादव थिए । राजपाबाट अध्यक्षमण्डलका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव सहभागी थिए ।


ADVERTISEMENT

# # #


राष्ट्रिय जनता पार्टी (राजपा) ले आसन्न प्रदेश नम्बर २ को स्थानीय तहको चुनाव अघि संविधान संशोधन हुनुपर्ने सर्त उठाइरहेका बेला प्रधानमन्त्री देउवा यही मौकामा दुई तिहाइ समर्थन जुटाउने पक्षमा लागिपरेका छन् ।