काठमाडौं । जापानी प्रधानमन्त्री सिन्जो अबेले सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपतिलाई सिफारिस गरेका छन्।


ADVERTISEMENT


जापानी सञ्चारमाध्यमका अनुसार अमेरिकाको अनुरोधमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिफारिस गरिएको हो ।


ADVERTISEMENT

# # #


समाचार संस्था रोयटर्सले जनाएअनुसार ट्रम्पलाई कोरियाली द्वीपमा शान्ति स्थापनाका लागि गरेको महत्त्वपूर्ण प्रयासका लागि ट्रम्पलाई पुरस्कारका लागि सिफारिस गरिएको हो।

गत वर्षको जुनमा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँग शिखर बैठक गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार जापानी प्रधानमन्त्री अबेले आफ्नो नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको बताएपछि समाचार सार्वजनिक भएको हो।