काठमाडौं । नेपाल पुलिस एकेडेमीले ईतिहाँसमै अनुसन्धान बिभागका अधिकृतहरुलाई पहिलो पल्ट बिशेष तालिम प्रदान गरेको छ ।


ADVERTISEMENT


राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशकको रुपमा प्रहरी अतिरिक्त महानिरिक्षक धीरु बस्न्यातले नेतृत्व सम्हाले पछि राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सह अनुसन्धान निर्देशक र उप अनुसन्धान निर्देशकहरुलाई प्रहरीको रणनीति र व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिईएको हो । यो प्रशिक्षण ईतिहाँसमै पहिलो हो । यस्ले प्रहरी संगठनकै क्षमता बिकासमा कायापलट ल्याउन सहयोग पूर्याउने बताईएको छ ।


ADVERTISEMENT

# # #


प्रहरी अधिकृतहरुलाई अहिलेको सुरक्षा चुनौती र व्यवस्थापकीय आयमहरुको सम्बन्धमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिईएको छ । तालिम पश्चात उच्च व्यवशायिक क्षमता र सक्षम जनशक्तिमा प्रहरीलाई रुपान्तरण गरिएको जनाईएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण द्दारा सञ्चालित Strategic & Management Training तालिमले प्रहरी संगठनकै उच्च व्यवशायिक क्षमतामा रुपान्तरण गर्न भूमिका खेल्नेछ ।

अतिरिक्त महानिरिक्षक बस्न्यातबाट उद्घाटन भएको उक्त तालिममा ७ जना सह अनुसन्धान निर्देशक र १८ जना उपअनुसन्धान निर्देशक गरी कुल २५ जना अनुसान्धान बिभागका प्रशिक्षार्थीहरुहरु सम्मेलित छन् ।

तालिमले बिभागमा उपलब्ध श्रोत साधनको अधिकतम परिचालन, जनशक्तीको समयोचित ब्यवस्थापन गरि प्रभाबकारी समन्बयको आधारमा उच्च अधिकृतहरुले संयोजनकारी ब्यबस्थापकीय भुमिका निर्बाह गर्न सक्षम हुने अतिरिक्त महानिरिक्षक बस्न्यातले औंल्याएका छन् ।

राष्ट्रिय सुरक्षामा अहम भूमिका निर्वाह गरिरहेका राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत उच्च अधिकारीहरुलाई पेशागत ज्ञान, सीप, कौशलका साथै अहिलेको Global Security Challenges ले पार्ने विश्वव्यापी प्रभाव र हाम्रो भूमिका अनुसार काम गर्न सक्ने सक्षम जनशक्ति निर्माण गर्ने अभिप्रायले राष्ट्रिय अनुसन्धान विभागको विशेष अनुरोधमा सुरक्षा र व्यवस्थाप क्षेत्रका विषयगत विज्ञहरुको सल्लाह, सुझाव अनुसार पाठ्यक्रम विकास गरी प्रशिक्षण शुरु गरिएको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको लागि यसलाई पहिलो र नौलो अभ्यास समेतका रुपमा यसलाई हेरिएको छ ।

राष्ट्रिय आबश्यकतालाई ध्यानमा राखेर ईतिहाँसमा नै पहिलो पल्ट राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ आधिकृतहरुलाई समेत प्रशिक्षण दिने कार्य शूरु गरिनुलाई प्रहरी संघठनको क्षमता, परिपक्वता र कार्यदक्षतामा आमूल परिवर्तन ल्याउने प्रयास सुरु भईसकेको रुपमा समेत यसलाई बुझिएको छ ।

प्रशिक्षण कार्यक्रममा Foundation of Organization and Management, Governance and Service Delivery, Professional Development and Staff Management General Administration Management, Operation Management Investigation Management र Research सम्बन्धि बिषयहरुमा बिभिन्न बिज्ञहरु द्दारा प्रशिक्षण दिईनेछ ।

महाराजगञ्ज स्थित प्रतिष्ठानमा फागुन ३ गतेबाट सञ्चालित तालिम आउँदो बैशाख २७ गते सम्म कुल ७० दिन सम्म चल्नेछ ।