काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


उक्त आइतबार सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले हस्ताक्षर गररेका छन् ।


ADVERTISEMENT

# # #


यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

बैंकले देशभर ६४ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।