काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् । उनले पाठकलाई कानुनी कारबाही गरी जेल पठाउनु पर्ने बताएका हुन् ।


ADVERTISEMENT


अध्यक्ष पौडेलले वर्तमान सरकारले भ्रष्टाचार विरुद्धमा महाअभियान सञ्चालन गरिरहेकोले एक एक गरी भ्रष्टाचारीको पर्दाफास हुने थालेको बताए । उनले कुनै पनि भ्रष्टाचारीलाई सरकारले कारवाही गर्न नसके युवा संघ नेपालले कारवाही गरेरै छोड्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भ्रष्टाचार सानो र ठूलो नहुने भन्दै देशलाई बदनाम गराउने र देशको ढुकुटी अनावश्यक रुपमा सिध्याउने जो कोहीलाई कानुनी दायरामा ल्याउनु पर्नेमा जोड दिए । उनले आगामी दिनमा युवा संघ नेपालले भ्रष्टाचार विरुद्धको कारवाही गर्ने महाअभियान देशभरी सञ्चालन गर्ने तयारी गरिरहेको समेत जानकारी गराए ।

नेपाल भ्रष्टहरुको खेती गर्ने थलो नभई आम युवाहरुले आफ्नो भाग्य र भविष्य खोज्ने थलो भएको बताए । भ्रष्टाचार गरी देशको ढुकुटी रित्याउने अनि देशमा युवाहरु रोजगारीको लागि विदशी भूमिका भैतारीनुपर्ने बाध्यताको अन्त्य गराएरै छोड्ने दृढता व्यक्त गर्दै अवको पाँच वर्षमा युवाले रोजागरीको लागि विदेशीनु पर्ने दिनको सदाको लागि अन्त्य हुने बताए ।

वर्तमान सरकार देश र जनताको पक्षमा सुशासन र समृद्धिको बाटोमा रहेको बताउँदै अध्यक्ष पौडेलले अव भ्रष्टचारीको दिनगन्ती शुरु भएको बताए । उनले विकासमा ढिलासुस्ती गरी आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नेको जमना समाप्त भएको भन्दै राष्ट्रिय हित र गौरव नै अहिलको अपरिहार्यता भएको बताए ।

देशलाई समृद्धिको बाटोमा अघि बढाउन सरकारको साथमा सवै राजनीतिक दल तथा आम युवाहरु एक ढिक्का हुनुपर्ने बताउँदै यो वा त्यो बहानामा विकास विरोधी गतिविधि गर्नेलाई युवा संघले प्रत्यक्ष निगरानी गरिरहेको समेत बताए ।