नवौं डी सिने अवार्डमा फिल्म ‘छक्का पञ्जा’ सर्वोत्कृष्ट भएको छ। दीपाश्री निरौलाको यो पहिलो निर्देशित फिल्म हो। बिहीबार हेटौंडाको ओम्याक्स सिनेमा हलमा सम्पन्न उक्त कार्यक्रममा अभिनेता तर्फ ‘जात्रा’का विपिन कार्की उत्कृष्ट नायक घोषित भए भने फिल्म ‘छक्का पन्जा’बाट नायिका प्रियंकाले कार्कीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल भईन्।


ADVERTISEMENT


अवार्डमा फिल्म ‘छक्का पन्जा’ले सर्वाधिक ११ विधामा अवार्ड प्राप्त गरेको छ। ‘छक्का पन्जा’ले उत्कृष्ट नायिकाको अवार्डसँगै उत्कृष्ट फिल्म, उत्कृष्ट नव(निर्देशक, उत्कृष्ट हास्यकलाकार, उत्कृष्ट खलपात्र, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गायक, उत्कृष्ट संगीतकार र उत्कृष्ट संवाद, उत्कृष्ट सम्पादन र उत्कृष्ट छायाँकारको अवार्डमा हात पार्यो।


ADVERTISEMENT

# # #


फिल्म ‘तीन घुम्ती’ले जुरी अवार्ड पायो भने ‘जात्रा’बाट निर्देशक प्रदीप भट्टराई, ‘झुम्की’बाट मनोज आरसी र ‘पुरानो ढुंगा’बाट नायिका मेनुका प्रधानले क्रिटिक्स अवार्ड हात पार्न सफल भए। गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाले ‘ठमेल बजार’ भन्ने बोलको गीतबाट पब्लिक च्वाइस अवार्ड हात पारे।

कार्यक्रममा गायक शम्भुजीत बासकोटालाई ‘छायाँछवि लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’ बाट सम्मानित गरिएको थियो। पत्रकार लक्ष्मण सुवेदीलाई ९ हजार ९ सय ९९ सय राशीसहितको ‘छायाँछबि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरियो।

अवार्डमा ‘छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३’ बाट पुरुषतर्फ अभिनेता सरोज खनाल सम्मानित भए भने महिलातर्फ अभिनेत्री रुपा रानालाई सो सम्मान प्रदान गरियो।

अवार्डका विजेताहरुको सूची

१० उत्कृष्ट एनिमेशन द –फेमश

२० उत्कृष्ट ध्वनि मिश्रण

मनोजराज भण्डारी – जात्रा

३० उत्कृष्ट पाश्र्व संगीत

शैलेश श्रेष्ठ – गाजलु

४० उत्कृष्ट केमियो

निश्चल बस्नेत – लप्पन छप्पन

५० उत्कृष्ट द्वन्द्व निर्देशक

हिमाल केसी – निर्भय

६० उत्कृष्ट बाल(कलाकार

साइब्रत आचार्य – छायाँ

७० उत्कृष्ट हाँस्यकलाकार

केदार घिमिरे – छक्का पञ्जा

८० उत्कृष्ट खलपात्र

दीपकराज गिरी – छक्का पञ्जा

९० उत्कृष्ट नृत्य निर्देशक

कविराज गहतराज – पूर्ब पश्चिम रेल‘९छक्का पञ्जा०

१०० उत्कृष्ट गीतकार

आकाश अधिकारी – पागल‘९के म तिम्रो होईन र०

११० उत्कृष्ट गायिका

मिना निरौला – ठमेल बजार – लुट २

१२० उत्कृष्ट गायक

कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा

१३० उत्कृष्ट संगीतकार

दीपक शर्मा – देखन चम्पा‘९छक्का पञ्जा०

१४० उत्कृष्ट संवाद

दीपकराज गिरी – छक्का पञ्जा

१५० उत्कृष्ट पटकथा

हेमराज बिसी – गाजलु

१६० उत्कृष्ट कथा

रामबाबु गुरुङ – पुरानो डुंगा

१७० उत्कृष्ट नव(नायिका

श्रृष्टी श्रेष्ठ – गाजलु

१८० उत्कृष्ट नव(नायक

आर्यन अधिकारी – के म तिम्रो हैन र

१९० उत्कृष्ट नव(निर्देशक

दीपाश्री निरौला – छक्का पञ्जा

२०० उत्कृष्ट चरित्र अभिनेत्री

गौरी मल्ल – के म तिम्रो हैन र

२१० उत्कृष्ट चरित्र अभिनेता

शिशिर राणा – बीर बिक्रम

२२० उत्कृष्ट सह(अभिनेत्री

सुस्मिता केसी – म त तिम्रै हुँ

२३० उत्कृष्ट सह(अभिनेता

सुशान्त कार्की – तीन घुम्ती

२४० उत्कृष्ट सम्पादक

बिपिन मल्ल – छक्का पञ्जा

२५० उत्कृष्ट छायाँकार

पुरुषोत्तम प्रधान – छक्का पञ्जा

२६० उत्कृष्ट अभिनेत्री

प्रियंका कार्की – छक्का पञ्जा

२७० उत्कृष्ट अभिनेता

विपिन कार्की – जात्रा

२८० उत्कृष्ट निर्देशक

हेमराज बिसी – गाजलु

२९० उत्कृष्ट चलचित्र

छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्