कास्की– पोखरा महानगरपालिका ५ प्रस्याङ डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ३२ वर्षीया नरेश लामा र उनकै श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई प्रहरीले नक्कली नेपाली रूपैयाँसहित पक्राउ परेको छ ।


ADVERTISEMENT


उनीहरुको साथबाट १ हजार दरका १९ थान नेपाली रुपैयाँ, ल्यापटप र मोबाईल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


गत माघ २२ गते पोखरा महानगरपालिका १६ अर्मलाका बिभिन्न किराना पसलहरुमा ग१४ प ३५४ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले १ हजारको नक्कली नोट दिई रिचार्ज कार्ड लगेर फरार भएका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।