काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वोच्च हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।


ADVERTISEMENT


६९औँ प्रजातन्त्र दिवसका अवसरमा जारी विज्ञप्तिमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै उनले देश र जनतालाई समृद्ध बनाउन प्रजातान्त्रिक मूल्य र मान्यताको शासन प्रणाली शुरुवात भएको आजको दिनको विशेष महत्व रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकारजस्ता विशेषताको सम्वद्र्धन गरी जनताका अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

सोही पार्टीका अर्का अध्यक्ष पशुपति शम्शेर जबराले पनि प्रजातन्त्र दिवसका अवसरमा जनताका हकहित, अधिकारका प्राप्तिका लागि पार्टी प्रतिबद्ध रहेको बताउँदै प्रजातान्त्रिक व्यवस्थामा सरकारले आम नागरिकलाई मानवअधिकार, सामाजिक न्याय, सुरक्षा र सुशासनको प्रत्याभूति गराउनुपर्नेमा उनको जोड थियो ।

वि।सं २००७ फागुन ७ गते मुलुकमा १०४ वर्षको जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्रको शुरुवात भएको थियो ।