काठमाडौँ– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा समूह चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँ गोल्डेन्सद्वारा दीपेन्द्र सिंह ऐरीको सीवाइसी अत्तरियालाई ७६ रनको समान्य तुनौति दिएको छ ।


ADVERTISEMENT


धनगढीको फाप्ला मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७५ रन मात्रै बनाउन सक्यो । काठमाडौँका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३२ रन बनाए । उनले ४९ बलमा २ चौका प्रहार गरे । यस्तै योगेन्द्र सिंह कार्कीले १३ रन बनाउँदा अंकित दावसले १० रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


यता अत्तरियाको बलिङ उत्कृष्ट रह्यो । उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २ ओभरमा ४ रन दिएर ३ विकेट चट्काए । यस्तै रामनरेश गिरीले ४ ओभरमा २३ रन खर्चिएर २ विकेट लिए भने भुवन कार्की र सन्नी पटेलले समान १/१ विकेट आफ्नो नाममा लेखाए ।

दुई टोली यसअघि नै प्लेअफमा प्रवेश गरिसकेका छन् । आजको विजेता टोली समूह चरणको विजेता हुनेछ ।