काठमाडौँ– नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्‍ठ उपरीक्षक (एसएसपी)को बढुवा सूचिमा पहिलो नम्बरमा छानिएका सन्दीप भण्डारीले दर्ज्यानी चिन्ह पाएका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बुधबार प्रहरी महानिरीक्षक सवेन्द्र खनालले भण्डारीलाई एसएसपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।


ADVERTISEMENT


गृह मन्त्रालयको बढुवा समितिको बैठकले गत माघ २६ गते भण्डारीसहित १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । दर्ज्यानी चिन्ह पाएपछि मन्तव्य राख्दै एसएसपी भण्डारीले पदोन्नतिले आफूमा थप उर्जा संचार भएको उल्लेख गर्दै सामुहिक रुपमा मन, वचन र कर्मले संगठन र नागरिकप्रतिको जिम्मेवारी पुरा गर्न दृढ संकल्पित भई काम गर्ने प्रतिवद्धता व्यक्त गरे।


ADVERTISEMENT

# # #


को हुन् एसएसपी सन्दिप भण्डारी ?

२०५१ सालमा खुल्ला प्रतियोगिताबाट प्रहरी निरीक्षक पदमा भर्ना भएका भण्डारीले एमबीए र बीएल उत्तिर्ण गरेका छन् । उनले राष्‍ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सेवा गर्दा प्रहरीको उच्च छवि बनाएको भनि संगठनका सदस्यहरुले नै बताउँछन् । प्रहरी निरीक्षक हुँदा देखी नै अनुसन्धान, सर्तकता र सम्बन्वयमा अब्बल मानिएका भण्डारी दैवी प्रकोप उद्धार पदक, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्‍ट्र संघ, प्रवल जनसेवा श्री लगायतका पदकहरुबाट विभुषित भएका छन् ।

मोरङ, लमजुङ, काभ्रे र ईलामजिल्लाहरुमा शान्ति, सुरक्षा, अपराध रोकथाम तथा नियन्त्रण, तस्करी नियन्त्रण जस्ता कुराहरुमा उत्कृष्‍ट कार्य गरी नाम कमाएका भण्डारी हरेक स्थानमा सफल अधिकृत हुन् । उनले राष्ट्रसंघीय मिसनमा आइपीओएसको रुपमा कार्य गर्दा ४८ देशका प्रहरीहरुको नेतृत्व सम्हालेर ‘आउटस्टान्डिङ परफर्मेन्स’मा मुल्यांकित भएका थिए ।

राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा कार्य गर्दा उत्कृष्‍ट प्रशिक्षक भनि प्रशिक्षार्थीबाट रुचाईएका भण्डारीले विभिन्न कल्याणकारी कार्यक्रम ल्याई सकारात्मक परिवर्तन गराएको बताइन्छ । कुशल र हक्की स्वभावका भण्डारीले प्रहरीको नेतृत्व गर्दै तालिममा उत्कृष्ट प्रर्दशन गरिसकेका छन् ।