धनगढी– धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको एलिमिनेटरमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाई १ सय १६ रनको लक्ष्य दिएको छ ।


ADVERTISEMENT


क्वालिफायर्समा स्थान बनाउने लक्ष्यसहित टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित ओभरमा २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १५ रन बनायो । महेन्द्रनगरका लागि कप्तान शरद भेषावाकरले २९ रन बनाए । एकपछि अर्को विकेट गुमाएर दबाबमा आएको महेन्द्रनगरको इनिङसलाई उकासेका शरदले ३८ बलमा २ चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


अमरसिह रौटेलाले १९ रन जोड्दा जिदेशी खेलाडी आन्नदले २० तथा मोहम्मद नाभिदले १८ रन बनाए । आरीफ शेखले १२ तथा अभिनास बोहराले ११ रन जोडे । रोहित पौडेल २ रनमा पेभेलियन फर्किँदा दिलिप नाथ र सिदान्त लोहनी र साहब आलमले खाता नै खोल्न सकेन् ।

रुपन्देही च्यालेन्जर्सका ललितसिह भण्डारीले ४ विकेट लिए । पुनित मेहराले ३ तथा वसन्त रेग्मीले २ विकेट लिए । एलिमिनेटरको बिजेता क्वालिफायर्समा प्रवेश गर्नेछ । विराटनगर किङ्स पराजित भएपछि लिगको चौथो स्थानमा रहँदै महेन्द्रनगर एलिमिनेटरमा पुगेको हो । रुपन्देही तेस्रो स्थानमा रहेको टोली हो ।

आजको विजेताले क्वालिफायर्समा काठमाडौंको गोल्डेनसँग खेल्नेछ । बुधबार भएको पहिलो क्वालिफायर्समा काठमाडौं सिवाइसी अत्तरियासँग ४१ रनले पराजित भएको थियो ।

फोटो : कान्तिपुर