काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सप्तरीको महुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले बिहीबार माहुली गाउँपालिकाको वडा नं ६ मा आफ्नो ६५ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा प्रदेश नं २ का प्रमुख राकेश सिंहको पनि उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर २ को लागि दोस्रो भएको र बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा १९ वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य ठाउँहरूमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताए

बैंकले देशका विभिन्न भागहरुमा ६५ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।