भद्रपुर– स्थानीय सम्पन्न दोस्रो चरणको निर्वाचनअन्तर्गत अर्जुनधारा नगरपालिकाको अन्तिम परिणाम आज साँझमा आउने भएको छ ।


ADVERTISEMENT


अहिलेसम्ममा २८ हजार ४६२ मतगणना भइसकेकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार हरिकुमार राणाले १३ हजार २५४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका हेमराज खरेलले नौ हजार १६६ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी उपप्रमुखमा एमालेकी उम्मेदवार कमला आचार्य(खतिवडा)ले १२ हजार २८२ तथा काँग्रेसकी सरस्वती सिटौलाले १० हजार ६२ मत प्राप्त गरेकी छन् ।

यही असार १४ गते सम्पन्न निर्वाचनमा अर्जुनधारा नगरपालिकाबाहेक सबै गाउँपालिका र नगरपालिकाको मतपरिणाम आइसकेको छ । विवादका कारण चार दिन रोकिएको नगरपालिकाको मतगणना असार १७ गते बेलुकादेखि पुनः सुरु भएको निर्वाचन अधिकृत खतिवडाले बताए ।

कुल ४० हजार ४३० मतदाता रहेको नगरपालिकामा ३० हजार ३७ मत खसेको थियो ।