काठमाडौँ– खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनामा कुनै किसिमका गिद्धे नजर लाग्न नदिने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनः टेन्डर आह्वान गरेरै भएपनि मेलम्चीको पानी काठमाडौँ ल्याइ छाड्ने बताइन् ।


ADVERTISEMENT


मन्त्री मगरले आफू आएपछि मेलम्चीमा तीब्र गतिमा काम भएको बताउँदै फाइनल रिजल्ट मात्रै दिन नसकिएको जिकिर गरिन् । ‘हामीले तीब्र गतिमा काम अगाडि बढेका थियौँ, धेरै काम पनि भएको छ’, उनले भने, ‘तुलनात्मकरुपमा फड्को मारेका छौँ, अन्तिम परिणाम दिन सफल भइएन । सीएमसीको लापबारहीले नतिजा दिन सकिएन ।’


ADVERTISEMENT

# # #


मेलम्ची खानेपानी परियोजना आफ्नो सफलतासंग जोडिएको बताउँदै उनले त्यसमा कुदृष्टि राख्नेलाई नछाड्ने उल्लेख गरिन् । उनले भनिन्, ‘मेलम्ची खानेपानी मसंग जोडिएको, मेरो सफलतासंग जोडिएको परियोजना हो । तसर्थ मेलम्चीमा कुनैपनि गिद्ध नजर पर्न दिनेवाला छैन । यसमा तपाईहरु विश्वस्त हुनुस ।’

उनले बीचैमा काम छाडेर हिँडेको इटालियन ठेकेदार कम्पनी सीएमसी नआए पुनः टेन्डर आह्वान गरिने जनाइन् ।तैपनि विधिसम्मत तरिकाले सीएमसी आउँछ भने सरकार स्वागत गर्न तयार रहेको भनाई थियो

‘सीएमसी कम्पनीलाई हामीले फर्काउनका लागि निरन्तर प्रयत्न गर्यौं । तरपनि आएको छैन ।’  उनले भनिन्, ‘यदी सीएमसी कम्पनी नआउने हो भने हामी पुनः टेन्डरको प्रणालीबाट अघि बढ्नेछौँ । छिटोभन्दा छिटो पानी ल्याउने गरी हामीले गृहकार्य पनि गरिरहेका छौँ ।’

खानेपानी सचिव गजेन्द्र ठाकुरलाई सरुवा गरेकोप्रति मन्त्री मगरले मन्त्रालयको निर्देशन अनुसार काम गर्न नसकेकाले फर्काएको बताइन् । ‘मेलम्ची खानेपनी+सीएमसी=काठमाडौँका जनता’को फर्मुला अनुसार प्राथमिकता राखेर काम गर्ने मैँले निर्देशन दिएकी थिएँ । तर त्यो फर्मुला अनुसार काम गरेको पाइनँ । सोही अनुसार सचिवको सरुवा गरिएको छ ’ उनले भनिन् ।

यसअघि खानेपानी मन्त्रालयबाट सरुवा गरेपछि सचिव ठाकुरले मन्त्रीमाथि कमिसन लिन खोजेको र देश डुबाउन खोजेको आरोप लगाएका थिए ।

उनले मिडियाले नियोजित ढंगले प्रचार गरेको पनि आरोप लगाइन् ।