काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीबाट बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक प्रमाणित भएसंगै लामो समय देखि मेडिकल कलेज बन्नबाट रोकिएको झापाको बी एण्ड सी अस्पतालले संवन्धन पाउने बाटो खुलेको छ ।


ADVERTISEMENT


सरकारबाट २०६८ माघ २४ गते एलओआई पाएर चार बर्ष ५ सय ५० बेडको अस्पताल चलाउँदै कलेज बन्ने सबै मापदण्ड पुरा गरेर कलेज सञ्चालनका लागि तम्तयार रहेको बी एण्ड सी अस्पताल अब मेडिकल शिक्षा दिने सुदूर पूर्वको मेची अञ्चलकै पहिलो मेडिकल कलेज बन्ने भएको हो ।


ADVERTISEMENT

# # #


शिक्षा मन्त्रालय श्रोतका अनुसार बी एण्ड सीले त्रिभूवन बिश्वबिद्यालय (टीयु) या काठमाडौं बिश्वबिद्यालय (केयु) बाट संवन्धन पाएर सञ्चालन हुन सक्नेछ । संवन्धन पाएसंगै बीएण्डसीमा आउँदो मँसिर पुषको सेसन देखि एमबीबीएस (डाक्टर) बिषयको अध्ययन अध्यापन सुरु हुनेछ ।

आजै संघीय संसदबाट पारित भएका ३ वटा विधेयक राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेकी छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लगायत सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ तथा कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई समेत आजै राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेकी हुन् ।

नेपालको संविधान २०७२ को धारा ११३ को उपधारा २ मा स‌ंघीय संसद र राष्ट्रियसभाबाट पारित भई आएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रुपमा लागू हुने व्यवस्था छ ।