काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताएका छन् ।


ADVERTISEMENT


संसदमा दर्ता भएको सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यक्तिगत रुपमा दर्ता गर्ने नभई सामाजिक सञ्जाल सञ्चालक दर्ता हुने व्यवस्था गरिएको पनि बताए । उनले कहिँ नभएको कुरा नेपालमा मात्र ब्यवस्था गर्न लागेको नभई अन्य देशले गरेको व्यवस्था नेपालमा पनि अनुकरण गरिएको बताए ।


ADVERTISEMENT

# # #


‘कहिँ नभएको कुरा यहाँ गर्न खोजिएको भन्ने होइन, यसले आलोचकलाई दण्डित गर्दैन । तर पशुको ज्यानमा चिनिएको मान्छेको टाउको राखेर पनि अपमानित गर्ने कुरा संस्कार र संस्कृतिलाई छुट नदिने नै हो ।’ मन्त्री बास्कोटाले भने ।

आजको युगमा साइबर सुरक्षाको विषय राष्ट्रको सुरक्षाको विषय पनि बनेको भन्दै मन्त्री बास्कोटाले त्यसै अनुसार यो विधेयक ल्याइएको बताए । सामाजिक सञ्जाल प्रयोगकर्ता नभई कम्पनी दर्ता हुनुपर्नेगरी विधेयक ल्याउन लागेको उनले बताए ।

‘सामाजिक सञ्जाल प्रयोगकर्ता व्यक्तिगतरुपमा हामीले भनेको होइन । जसले नेटवर्किङ गरेर कम्पनी चतलाउँछन्, उनीहरु अवश्य नै दर्ता हुनुपर्दछ ।’ मन्त्री बाँस्कोटाले भने, ‘चाहे फेसबुक होस्, चाहे ट्वीटर होस्, चाहे वीच्याट, इमोको होस्, चाहे गुगलको होस् । अन्त खोल्न हुन्छ, हामीकहाँ खोल्न हुँदैन ?’

उनले कसैप्रति पूर्वाग्रह साँध्नका लागि विधेयक नल्याइएको प्रष्टीकरण दिए । ‘हाम्रो सामाजिक हिसाबले हो, छिमेकी देशले पनि यस्ता ऐन कानून लेराएकै छन्’ उनले भने ।