काठमाडौँ– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल)मा डेब्यू गरेका छन् । सन्दीपले लाहोर कलान्दरबाट पीएसएलमा डेब्यू गरेका हुन् । उनी पीएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।


ADVERTISEMENT


युएईको सारजहाँ क्रिकेट स्टेडियममा सन्दीपको टिम लाहोरले मुल्तान सुल्तानविरुद्ध टस जितेर बलिङ रोजेको छ । यसअघिका तीन खेलमध्ये दुईमा पराजित भएको लाहोर दोस्रो जितको खोजीमा रहेको छ । लाहोरको कप्तानी दक्षिण अफ्रिकाका एबीडी भिलियर्सले गरेका छन् । नियमित कप्तान मोहम्मद हाफिज चोटग्रस्त बनेपछि डीभिलियर्सलाई कप्तानीको जिम्मेवारी दिइएको हो ।


ADVERTISEMENT

# # #


यसअघि इन्डियन प्रिमियर लिग (आइपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) र बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलिसकेका सन्दीपले भर्खरै अष्ट्रेलियाको प्रतिष्ठित लिग बिगबास लिग (बीबीएल)मा सहभागिता जनाएर पीएसएलका लागि युएई गएका थिए । बीबीएलमा सन्दीप आवद्ध मेलबर्न स्टार्सले फाइनलमा मेलबर्न रेनेगेट्ससंग पराजय ब्यहोरेको थियो ।