काठमाडौँ– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा आफ्नो डेब्यू खेलमै तीन विकेट लिएका छन् ।


ADVERTISEMENT


युएईको सारजहाँ क्रिकेट स्टेडियममा लाहोर कलान्दरबाट डेब्यू गरेका उनले चार ओभरमा ४६ रन खर्चिएर तीन विकेट चट्काएका हुन् ।


ADVERTISEMENT

# # #


लाहोरका लागि पहिलो विकेट दिलाउने क्रममा विष्फोटक ब्याटिङ गरिरहेका जेम्स भिन्सलाई फाकर जमानको हातबाट क्याच आउट गराए । भिन्सले सन्दीपको बलमा आउट हुनुअघि ४१ बलमा ८४ रन बनाए ।

त्यस उनले छ छक्का र ७ चौका प्रहार गरे । यस्तै दोस्रो विकेटका रुपमा कप्तान सोयब मालिकलाई पेवेलियनको बाटो देखाएका सन्दीपले आन्द्रे रजेललाई आउट पारे ।

२०१ रनको लक्ष्य पच्छ्याएको लोहार ६ विकेटले विजयी भएको छ । एबीडी भिलियर्स र डेभिड विसेले ७.३ ओभरमा ९८ रनको साझेदारी गरेपछि लाहोरले रोमाञ्चक जित हात पारेको हो ।