काठमाडौँ– ब्याट्सम्यान क्राएग इर्भिनले आक्रामक ६९ रन बनाएपछि जिम्बावेले वर्षाले प्रभावित चौथो वान डे अन्तर्राष्ट्रियमा श्रीलंकालाई शनिबार ४ विकेटले हरायो । यससँगै सिरिज २–२ को रोमाञ्चक बराबरीमा पुगेको छ । डकवर्थ लुइस नियमअनुसार जिम्बावेले ३१ ओभरमा २ सय १९ रनको नयाँ लक्ष्य पाएको थियो ।


ADVERTISEMENT


इर्भिनले ५५ बलमा खेलेको नटआउट इनिङ्सको मद्दतमा जिम्बावे १० बलको खेल बाँकी छँदै जितसम्म पुगेको थियो । महिन्द्रा राजापाक्षे अन्तर्राष्ट्रिय मैदानमा श्रीलंकाले पहिले ब्याटिङ गर्दै ६ विकेटमा ३ सय रन बनायो । त्यसमा निरोसन डिकवेलाले १ सय १६ रन तथा दानुस्का गुनाथिलकाले ८७ रनको योगदान दिए । उनीहरूले २ सय ९ रनको साझेदारी गरे । उनीहरू वान डे क्रिकेटमा पहिलोपल्ट लगातार दुई खेलमा दोहोरो शतकको साझेदारी गर्ने जोडी बने ।


ADVERTISEMENT

# # #


यसअघि बिहीबार उनीहरूले २ सय २९ रन जोडेका थिए । वर्षाले खेल साढे एक घण्टा रोकिएपछि खेलको मोड फेरिएको थियो । इर्भिनले छैटौं विकेटमा २० रन बनाएका म्याल्कम वालरसँग ४३ रनको साझेदारी गरेर जित निश्चित पारे ।