काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने भएको छ ।


ADVERTISEMENT


पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको संसदीय दलको बैठकले यही असार २९ गते व्यवस्थापिका–संसद्मा सो विषयमा हुने मतदान प्रक्रियामा पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग संविधान संशोधनका विषयमा शनिबार भएको छलफलबारे पनि बैठकमा अध्यक्ष थापाले जानकारी दिएको पार्टीका प्रमुख सचेतक कुन्तीकुमारी शाहीले बताइन् । सरकारमा उचित स्थान पाए मात्र सहभागी हुनुपर्ने सुझाव पनि अधिकांश सदस्यले दिएको बताइएको छ ।रासस