काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले जनकपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा मंगलबारदेखि उक्त शाखाबाट कारोबार थालेको हो । यो बैँकको ६८ औँ शाखा हो ।


ADVERTISEMENT


बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश नं २ मा योसँगै ४ वटा शाखा पुगिसकेको र व्यापार विस्तारलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने बताए । बैंकले यसै सप्ताहन्तरमा ४ वटा शाखा सञ्चालनमा खोल्नुले पनि बैंक आक्रमक रूपमा शाखा विस्तार गरि रहेको बुझिन्छ ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा तथा २० वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।