काठमाडौँ– नेपाल बार एशोसिएशनको निर्वाचन नजिकिँदै गर्दा अध्यक्षका उम्मेदवार सुनिल पोखरेल नेतृत्वको लोकतान्त्रिक पक्षले चुनावी अभियानलाई तीव्रता दिएको छ ।


ADVERTISEMENT


झापाबाट शुरु गरेको निर्वाचन प्रचार अभियान मोरङ हुँदै मंगलबार उदयपुरको गाईघाटमा कार्यक्रम गरेर सिराहामा पगेको छ। सिराहा जिल्ला बारका सदस्यहरुसँगको भेटमा अध्यक्षका उम्मेदवार पोखरेलले जिल्लामा काम गरेका कानुन व्यावसायीलाई पनि वरिष्ठ अधिवक्ताको उपाधि दिलाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।


ADVERTISEMENT

# # #


उनले उपत्यका बाहिरका कानुन व्यावसायीको क्षमता अभिवृद्धिका लागि पहल गर्ने पनि बताए । बारको निर्वाचन आगामी चैत्र १६ गते हुँदैछ ।