काठमाडौँ– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धीरु बस्न्यातले प्रहरी युक्ति तालिम महाविद्यालयको निरीक्षण गरेका छन् ।


ADVERTISEMENT


मंगलबार एआइजी बस्न्यातले युद्धकला सम्बन्धी नमुना प्रदर्शनको अवलोकन गरी प्रशिक्षक तथा विभिन्न तालिमका प्रशिक्षार्थीहरुलाई सम्बोधन गरे ।


ADVERTISEMENT

# # #


यस्तै महाविद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नल प्रसाद उपाध्याय तथा अन्य सिनियर प्रहरी अधिकृतहरुले महाविद्यालयको समग्र वस्तुस्थिति तथा प्रशिक्षण गतिविधिको बारेमा जानकारी गराए ।