काठमाडौँ– आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट नेपालले पाँचौँ जित निकालेको छ । प्रतियोगिताको आफ्नो अन्तिम खेल खेलेको नेपालले कुबेतलाई ३० रनले हराएको हो ।


ADVERTISEMENT


थाईल्याण्डको बैँककस्थित एशियन इन्सिटिच्यूड अफ टेक्नोलोजी मैदानमा टस हारेर ब्यटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रनको योगफल तयार पार्यो । नेपाली कप्तान रुबिना क्षेत्रीले कीर्तिमानी ह्याट्रिक लिएपछि ११७ रनको विजयी लक्ष्य पच्छ्याएको कुबेत ९ विकेट गुमाएर ८९ रनमै समेटियो ।


ADVERTISEMENT

# # #


कुवेतका लागि कुप्तान मार्याम ओमारले सर्वाधि २९ रन बनाइन् । उनले ३६ बलमा तीन चौका प्रहार गरिन् । यस्तै प्रियदा मुरलीले १४ रन बनाउँदा सब्रिन जाकी १२ रनमा नेरी थापाबाट रन आउट भइन् । मरियाम्मा हैदर १२ रन बानएर नटआउट रहिन् ।

बलिङतर्फ नेपालका लागि लागि रुबिनाले ह्याट्रिक गरिन् । उनले खेलको अन्तिम ओभरको चौथो, पाँचौँ र अन्तिम बलमा लगातार विकेट लिएर ह्याट्रिक पूरा गरिन् । योसंगै उनी टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक गर्ने पहिलो नेपाली बलर बनेकी छन् ।

करुणा भण्डारी र रुबिनाले समान ३/३ विकेट लिए । रुबिनाले चार ओभरमा १७ रन खर्चिँदा करुणाले चार ओभरमा १२ रन मात्रै दिइन् । यस्तै नेरी थापा र कबिता कुँवरले समान १-१ विकेट लिए ।

यसअघि नेपालको ब्याटिङ राम्रो हुन सकेन । ६ रन जोड्दा पहिलो विकेटका रुपमा सीता रानामगरलाई शून्य रनमा गुमाएको नेपालले ३० रन जोड्दा तीन विकेट गुमायो । काजल श्रेष्ठले १६ बलमा १८ रन बनाइन् । त्यसक्रममा उनले दुई चौका प्रहार गरेकी थिइन् ।

धर्मराएको नेपाली इनिङलाई बिन्दू रावलले उकासिन् । सर्वाधिक २८ रन बनाएकी उनले नेरी थापासंग मिलेर ३७ रनको साझेदारी गरिन् । छैटौा विकेटका रुपमा आउट भएकी नेरी थापाले १९ बलमा १९ रन बनाइन् । उनले ३ चौका प्रहार गरेकी थिइन् । त्यसपछि आएकी कप्तान रुबिना क्षेत्रीले बिन्दू रावलसंग ३३ रनको अर्को महत्वपूर्ण साझेदारी गरिन् । रुबिनाले १३ बलमै २२ रनको आक्रामक इनिङ खेलेर आउट हुँदा बिन्दूले नटआउट ४९ बलमा २८ रन बनाइन् । उनीहरु दुवैले ३/३ चौका प्रहार गरेका थिए ।

कुबेतका लागि प्रियदा मुरली र मार्याम ओमारले समान २/२ विकेट लिए भने अन्ना तारिक र महिजा जुरेदले समान १/१ विकेट आफ्नो नाममा लेखाए ।

६ मध्ये पाँच खेल जिते पनि नेपालको अघिल्लो चरणको यात्रा लगभग सकिएको छ । किनकी प्रतियोगिताको समूह चरणको अग्रस्थानमा रहने एउटा टोलिले मात्रै सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकप र २०२१ मा हुने एक दिवशीय क्रिकेट विश्वकपको ग्लोबल छनोट प्रतियोगितामा पुग्नेछ । त्यसका लागि थाइल्याण्डले पाँचमा पाँच खेल जित्दै अग्र स्थानमा रहेको छ ।

उसले युएईसंग खेल्न बाँकी छ । नेपाल अघिल्लो चरणमा पुग्न थाइल्याण्ड उक्त खेलमा पराजित भएमा तीन वटै टोलीको अंक बराबर हुनेछ । रनरेट बढी हुने टिम अघिल्लो चरणमा छानिनेछ ।